काठमाण्डौ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले आधुनिक बैकिङ प्रणाली तथा लगानीकर्ताको हितमा आवश्यक आधुनिक सेवा बिस्तारमा आक्रामक बन्न थालेको छ। 

यही क्रममा यो बैंकले बिहीबारदेखि ६८ जिल्लामा छरिएर रहेका आफ्ना १७९ वटा शाखाबाट हितग्राही(डिम्याट) खाता खोल्ने सुविधा सुरु गर्न लागेको हो । 

बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैकिङले साधारण सेयरमा विकटका लगानीकर्ताले पनि सहभागिताको मौका पाउन् भन्ने उद्देश्यले यस्तो सुवा सुरु गर्न लागेको प्रष्ट्याएको छ । यसअघि यो बैंकले साधारण सेयरको प्राथमिक निश्कासनका लागि अनलाइनबाटै आस्वा सेवा दिने सुविधा सबै शाखाबाट सुरु गरिसकेको छ । 

अब डिम्याट खाता समेत खोल्ने सुविधाले लगानीकर्ता अझ बढी लाभान्वित हुने बैंक व्यवस्थापनको अपेक्षा छ ।