– रेखा चन्द
काठमाण्डौ । भोलिदेखि दसैँ पर्व सुरु हुँदैछ। अर्थात भोलि घटस्थापना। भोलिबाट नौरथा सुरु हुनेछ।
नेपाल राष्ट्र बैंकमा भने दसैँको पूर्वसन्ध्यामा नयाँ नोट साट्ने निकै भीड देखियो। गत भदौ २९ गतेदेखि दसैँ लक्षित नयाँ नोट साट्न सुुरु गरेको राष्ट्र बैंकले केही दिनयता नयाँ नोट सटही गर्नेहरुको भीडभाड बढेको जनाएको छ।
अधिकांश सर्वसाधारण दसैँका लागि उपत्यका छाडेर घर जाने हुनाले र उपत्यकाबाट नयाँ नोट साट्न सहज हुने भएकाले बिहीबारदेखि भीड बढेका राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल बताउँछन्। आउँदो शनिबारदेखि अधिकांश मानिसहरुले उपत्यका छाड्ने सम्भावना रहेको छ।
सामान्तया फूलपातीदेखि कार्यालयहरु बन्द हुने भएकोले सोही दिनदेखि मानिसहरु उपत्यबाट बाहिरिने गर्दछन्। तर यो वर्ष फूलपातीको अघिल्लो दिन शनिबार परेको छ। त्यसैले शनिबारबाटै कामकाजी मानिसहरु बाहिरिने सम्भावना देखिएको हो।
सुुरुका दिनमा नयाँ नोट सटही गर्ने भीड नभए पनि गत बिहीबारदेखि नयाँ नोट साट्न आउनेहरुको भीड बढेको नेपाल बताउँछन्।
आज आइतबारसम्म राष्ट्र बैंकले साढे ९ अर्बबराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरुमा पठाएको छ। राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई बढीमा पर्सिसम्म दोस्रो चरणको नयाँ नोट उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी असोज १४ गतेसम्म सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन्। नेपालका अनुसार यो वर्ष १२ देखि १५ अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुनसक्ने अनुुमान छ।
यता मुुद्रा विभागले भने हालसम्म उपत्यकासहित देशभरका लागि साढे १३ अर्बबराबरको नयाँ नोट सटहीको अनुुमति दिएको छ। ‘यसपालि कम्तीमा १२ अर्ब र बढीमा १५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा जाने अनुुमान छ’, नेपालले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19