काठमाण्डौ । नेपाल राष्ट्र बैंकले फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश स्वीकृत गरेको छ। 

राष्ट्र बैंकले फर्स्ट माइक्रोफाइनान्सले उक्त आर्थिक वर्षको वितरयायोग्य मुनाफाबाट हालको चुक्तापुँजी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँको १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँबराबर बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ९६ लाख ४४ हजार ९२४ रुपैयाँबराबरको नगद लाभांश स्वीकृत गरेको हो। 

राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै फर्स्ट माइक्रोफाइनान्सको सोमबार पुस ४ गते बसेको सञ्चालक समितिले १३ औँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको वार्षिक साधारणसभा यही पुस ३० गते डाकिएको छ। सभा काठमाण्डौको भाटभटेनीस्थि आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले प्रस्तावित लाभांश स्वीकृति गर्नुका साथै उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। 

बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावली पनि संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

अन्य उपयुक्त लघुवित्त संस्था गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक भए सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।