काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता थुप्रिएसँगै आइतबार निक्षेप संकलन गर्ने भएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले आइतबार अपरान्ह २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बताएको छ ।

उक्त निक्षेप  संकलनको आजै निष्कासन हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । 
उक्त निक्षेपको साँवा ब्याज आगामी पुस ८ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग गर्न सकिने छ ।