काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ। 

गत साउन १५ गते राष्ट्र बैंकले इन्फिनिटी र नेपाल एग्रो लघुवित्तबीचको प्राप्ति प्रक्रिया अन्तिम स्वीकृति दिएको हो। इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। 

गत जेठ ११ गते राष्ट्र बैंकले यी दुवै लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैदान्तिक स्वीकृति दिएको थियो। यी दुवै लघुवित्तबीच गत माघ २ मा आपसमा गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको थियो।