काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ।
राष्ट्र बैंकको गत साउन ८ गतेको निर्णयअनुसार नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त अवस्थाबाट सःसर्त फुकुवा गर्ने निर्णय गरेको हो।
यसअघि राष्ट्र बैंकले २०७० साल चैत २७ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंक ऐत २०५८ को दफा ८६ ‘ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्राप्त गर्नेलगायतका कारोबार गर्न नपाउने गरी नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको थियो।
राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त यो बैंकको केन्द्रीय कार्यालय चितवनको रत्ननगरमा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19