काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षबाट गुरुप्रसाद न्यौपाने दिएको राजीनामा स्वीकृत भएको छ। 

कम्पनी सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको हो। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही गरेपछि न्यौपानेले रिडी पावरको अध्यक्षबाट राजीनामा दिएका हुन्। 

सेबोन सञ्चालक समितिको गत पुस २४ गते बसेको बैठकले न्यौपानेलाई नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी कारबाही गरेको थियो। न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाविपरीत धितोपत्र कारोबार गरेकोले धितोपत्रसम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। 

सेबोनले न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०८ अनुसार १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सोसरहको पदमा बहाल हुन पाउने गरी कारबाही पनि गरेको थियो।

यसैबीच रिडी पावरको सञ्चालक समितिको फागुन ८ गतेकै बैठकले कम्पनीको अध्यक्षमा सञ्जीव न्यौपानेलाई नियुक्त गरेको छ।