काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको शंखमूलस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको ५.६२३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।
गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन र प्रस्तावहरु पनि सभाले पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २३ गते (मंसिर २४ गते शुक्रबार र मंसिर २५ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19