कठमाण्डौ । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन्। 

संस्थाको सञ्चालक समितिको हिजो (साउन ९ गते) बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। साउन ९ गतेबाटै श्रेष्ठको नियुक्ति लागू भएको छ। 

श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको छ। यसअघि उनी संस्थामा कामु सीईओका रुपमा कार्यरत थिए।