काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले कम्पनीले अहिलेसम्म सबैभन्दा धेरै बीमा पोलिसीहरु प्रदान गर्न सक्षम भएको बताएका छन्। 

बैंग्लोरको इन्फो कनेक्ट वेब टेक्नोलोजिज इन्डिया प्राइभेट लिमिटेडद्वारा सञ्चालित सीईओ इन्साइट्स एसियामा प्रकाशित अन्तर्वार्तामा सीईओ लोहनीले आफ्ना बीमितहरुका लागि समयमै बीमा दाबी सेटलमेन्ट गर्न सक्षम भएको पनि बताए। उनले अत्याधुनिक प्रविधि र बीमित केन्द्रितमा आधारित रही कम्पनीले सेवा प्रवाह गरिरहेको जानकारी दिए। 

सीईओ लोहनीले बीमितहरुको जीवनस्तरका विभिन्न आवश्यकता पूरा गर्न दीर्घकालीन बचत र सुरक्षाका लागि विभिन्न प्रकारका पोलिसीहरु ल्याएको जानकारी दिए। ‘कम्पनीले आफ्नो क्षमताअनुसार अहिलेसम्म धेरै बीमा पोलिसीहरु प्रदान गर्न सक्षम भएको छ’, उनले भने। 

सीईओ लोहनी भने, ‘हामीले बीमितको आवश्यकताका आधारमा जीवन बीमा पोलिसीहरुको विस्तृत शृंखला प्रदान गरेका छौँ। हाम्रा सेवाहरुमा इन्डोमेन्ट लाइफ इन्स्योरेन्स पोलिसी, सिंगल प्रिमियम इन्स्योरेन्स पोलिसी, इन्डोमेन्ट कम होल लाइफ इन्स्योरेन्स पोलिसी, प्रत्याशित इन्डोमेन्ट लाइफ इन्स्योरेन्स पोलिसी, चाइल्ड इन्डोमेन्ट लाइफ इन्स्योरेन्स पोलिसी, टर्म इन्स्योरेन्स पोलिसी, माइक्रो इन्स्योरेन्स पोलिसी र हेल्थ इन्स्योरेन्स जस्ता पोलिसीहरु रहेका छन्।’ 

सबैखालका बीमितलाई मध्यनजर गर्दै कम्पनीले पोलिसीहरु बिक्री गरिरहेको सीईओ लोहनीको भनाइ छ।