 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशतसम्म छुट दिने भएको छ।
कम्पनीले आफ्नो छैटौँ वार्षिकोत्वसका अवसरमा विलम्ब शुल्कमा छुट योजना ल्याएको हो। कम्पनीका अनुसार भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म बीमालेख नवीकरण गर्ने बीमितहरुले विलम्ब शुल्कमा सतप्रतिशत छुट प्राप्त गर्नेछन्। यसका साथै यस्तो छुट बीमितले बीमा अवधिभरि एकपटकमात्रै पाउने कम्पनीले जनाएको छ।
यसैगरी बीमितहरुले विलम्ब शुल्क अनलाइन सेवा प्रदायक कनेक्ट आईपीएस, इसेवा, आइएमई पे र खल्ती डिजिटल वालेटमार्फत भुक्तानी गर्न सक्नेछन्।
रिलायबल नेपाल लाइफ छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्वसका अवसरमा कम्पनीले काठमाण्डौ, बुटवल र दमकमा रक्तदान कार्यक्रमहरुको समेत आयोजना गरेको छ भने अन्य विविध कार्यक्रमसमेत आयोजना गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले छैटौँ वर्षसम्म ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँको जीवन बीमा कोष खडा गरी १ अर्ब २५ करोड ५३ लाख रुपैयाँको दाबी भुक्तानी गरिसकेको छ।
वार्षिकोत्वसका अवसरमा कम्पनीले ‘विश्वास र भरोषाको उत्सव’ भन्ने नारासहित स्थापना कालको ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा कम्पनीले आफ्ना नियामक निकाय, संस्थापक, अभिकर्ता, बीमित, पत्रकार, कर्मचारीलगायत सम्पूर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19