 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले आगामी दिनमा कम्पनीका बीमितले उत्कृष्ट बोनस पाउने प्रतिबद्धता जनाएका छन्।
कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा बोल्दै सीईओ लोहनीले इन्स्योरेन्स फन्ड बलियो भएको बताउँदै बीमितलाई उत्कृष्ट बोनस दिने बताएका हुन् । उनले कम्पनीका कर्मचारीहरुले समेत थप सेवासुविधा पाउने बताए। ‘अपरेसनको वर्षपछि कम्पनी आईपीओमा आएको छ, यसले गर्दा हाम्रो रिजर्भ धेरै बलियो भएको छ’, उनले भने, ‘इन्भेस्टमेन्टको पार्टमा हामी १४ अर्ब प्लस भएको छ, जीवन बीमा कोष साढे ६ अर्ब पुगेको छ, यसले गर्दा हाम्रा बीमितले आगामी दिनमा राम्रो बोनस पाउनुहुनेछ।’
रिलायबल नेपाल लाइफले हरेक गाउँ–गाउँमा रहेका नेपालीलाई सुहाउँदो बीमालेखहरु ल्याएको सीईओ लोहनीले बताए । उनले भने, ‘आगामी दिनमा अझै राम्रा प्रडक्टहरु ल्याई कम्पनीलाई थप प्रतिस्पर्धी बनाउँनेछौँ।’
कम्पनी यो स्थानसम्म आइपुग्न कर्मचारी र स्टक होल्डरहरुको मुख्य योगदान रहेको उल्लेख गर्दै उनले आगामी दिनमा अझै उत्कृष्ट रिजल्ट ल्याउने प्रतिबद्धता जनाए।
कम्पनीको वार्षिकोत्वसका अवसरमा सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले रिलायबल नेपाल लाइफ सबै नेपालीको पहिलो रोजाइको कम्पनी बनाउने लक्ष्य लिएको बताए।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19