 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नेशनल लेभल रिलायबल टप लिडर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम भदौ २४ गते पोखरामा सम्पन्न भएको हो।
कार्यक्रममा टप १०० लीडर्सहरुलाई सम्मान गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीले गरेका थिए। पानसमा दीप प्रज्ज्वलन गरेर औपचारिक उद्घाटन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य द्वारा कम्पनीका प्रमुख प्रबन्धक शैलेन्द्र श्रेष्ठले सबैलाई स्वागत गरेका थिए।
करिब १५० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा विशेषगरी करोडपति एजेन्सीहरु तथा विभिन्न विधामा नेपाल टप गर्न सफल करिब १०० जना टप लिडर्सलाई दोसल्ला र अवार्डद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा कम्पनीका सहायक वरिष्ठ प्रबन्धक दिपेशबाबु तिवारीले व्यावसायिक सुशासनसम्बन्धी जानकारी दिँदै यसको महत्व दर्शाएका थिए।
कम्पनीका वरिष्ठ प्रबन्धक युवराज ज्ञवालीले नयाँ योजनाका बारेमा चर्चा गरेका थिए।
उक्त टप लिडर्सको कार्यक्रममा सातै प्रदेशका प्रदेश प्रमुखका साथै शाखा प्रमुखहरुको पनि उपस्थिति थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले आर्थिक सबलताले नै सबैमा विश्वास जित्न सफल भएको भन्दै प्रयत्नशील व्यक्ति र संस्थाको उन्नति निश्चित हुनेमा दुईमत नरहेको बताए।
अन्तर्राष्ट्रिय उत्प्रेरकद्वारा ४ घन्टासम्म उत्प्रेरणा जगाउने काम भएको थियो भने उच्च अनुभवी उत्प्रेरकले उपस्थित सबैलाई आआफ्नो लक्ष्यमा सफलता प्राप्तिका लागि गर्नुपर्ने महत्वपूर्ण कार्य योजनाहरुलाई औँल्याएका थिए।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19