 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ।
कम्पनीले बीमित प्रदीप ज्ञवालीको निधनपछि उनकी आमा टीकाकुमारी घिमिरेलाई उक्त रकम दाबी भुक्तानी गष्रेको हो। ज्ञवालीले २०७८ कात्तिक २९ गते ५० लाखबराबरको बीमालेख खरिद गरेका थिए। उनको २०८० वैशाख २४ गते दुर्घटनामा परी निधन भएको थियो।
दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैंडाकोट शाखा प्रमुख नारायण पौडेल, गैंडाकोट नगरपालिकाका वडाअध्यक्ष विनोदकुमार मल्ल, एजेन्सी म्यानेजर नवराज पौडेल, लीलाधर कँडेललगायतको उपस्थिति थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19