काठमाण्डौ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा विभिन्न विधामा शाखाका एजेन्सीहरुलाई सम्मान गरिएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा चितवनको हाकिमचोकबाट उत्कृष्ट व्यवसाय भित्र्याउने एजेन्सीहरुलाई सम्मान गरिएको कम्पनीले बताएको छ । 

तालिम तथा प्रशिक्षण विभाग प्रमुख युवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेल्फ कोड र टिम कोडबाट उत्कृष्ट विजनेश भित्र्याउने ६ जनालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा सेल्फ कोडबाट पहिलो भएका राजेन्द्र कुमार दराई, दोस्रो भएका  लालुमाया कुमाल र तेस्रो भएका इन्दिरा दाहाललाई सम्मान गरिएको थियो । 

त्यस्तै, टिम कोडबाट सबैभन्दा धेरै बिजनेश भित्र्याएर पहिलो बनेका विष्णु कुमारी कुँवर, दोस्रो बनेका गंगा कुमारी कार्की रायमाझी र तेस्रो बनेका मनोज चौलागाईलाई सम्मान गरिएको थियो । 

यसका साथै विभिन्न विधामा कम्पनीका एजेन्सी म्यानेजर, करोडपति एजेन्सी म्यानेजर तथा एमडीआरटीहरुलाई प्रोत्साहन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा १०० भन्दा बढी अभिकर्ताहरुको सहभागिता थियो ।