काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि सकिँदै छ ।

माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले नेप्सेम पेश गरेको सूचनामा उल्लेख छ ।


धितोपत्र बोर्डले कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत सेयर मध्ये ३ लाख ११ हजार कित्ता सेयर धितोपत्र बोर्डले लकिङमा राख्न निर्देशन दिएको थियो ।
 

बोर्डले गत मंसिर २५ गते निर्देशन जारी गर्दै सामूहिक लगानी कोषहरूले खरीद गरेको धितोपत्र सार्वजनिक निष्कासनको मितिले ६ महिना पुरा नभएसम्म बिक्री गर्न नपाउने व्यवस्था गरेको हो । 
 

लकइन समाप्त हुनु एक महिना अघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले सूचना जारी गरेको हो ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर निष्कासनमा ल्याएको थियो ।

लकइन अवधि समाप्त भएपछि सामूहिक लगानीकोषले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।