काठमाण्डौ । रिलायबल डेभलपमेन्ट बैंक लिमीटेडले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ ।

बैंकले निजी तथा सार्वजनिक सवारी साधनहरुलाई जस्तै : कार, बस, ट्रक, क्रेन, डोजर, ट्याङ्कर,  एक्जाभेटर आदि खरिदका लागि कर्जा लगानी गर्ने जनाएको छ ।

कागजात पेश गरेको ५ कार्य दिनभित्र कर्जा उपलब्ध गराइने र यो योजना अन्तर्गत वार्षिक ब्याजदर ९ प्रतिशतदेखि  हुनेछ । 

यो योजना आफ्ना सबै १७ शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।