काठमाण्डौ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १०० दिने मुद्दतीमा ७५ वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।

एकसय  दिन पूरा भएपछि साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने र सो बचत खातामा ५ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

एकसय दिनको अवधि समाप्त भएर बचत खातामा रकम आएपछि एससीटि नेटवर्क अन्तर्गतका देशभरका ११०० भन्दा बढी एटिएमहरुबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था समेत मिलाइएको बैंकले स्पष्ट पारेको छ । यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने बताइएको छ ।