काठमाण्डौ । रुकुमको सानीभेरी गाउँपालिकामा सनराइज बैंक लिमीटेडले नयाँ शाखा बिस्तार गरेको छ । 

आइतबार एक समारोहका  बीच  सो गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन  र बैंकका नायव  महाप्रबन्धक  अपछकुमार यादवले संयुक्त रुपमा गरे । 

सानीभेरी गाउँपालिकाको वडानम्बर ९ मा स्थापित यो नयाँ शाखा समेत गरी बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।