काठमाण्डौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको झलारी र रुकुमको मुसीकोटमा आफ्ना २ शाखा बिस्तार गरी संचालनमा ल्याएको छ । 

कञ्चनपुरको पिपलडाँडी न.पा. वडा नं. १०, झलारीमा आफ्नो ३७ औं शाखा संचालनमा ल्याएको हो । सो शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक दीपक कार्कीले गरेका हुन् । सो क्रममा बैंकका अर्का संचालक माधवप्रसाद न्यौपाने र बैंकका नायब महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठको समेत उपस्थिति रहेको बैंकले जनाएको छ । 

साथमा बैंकको एटीएम झलारी पिपलडाँडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले उद्घाटन गरेका थिए । कार्यक्रममा झलारी शाखाका प्रमुख तर्कबहादुर साउदले बैंकका सेवाहरुको बिषयमा प्रकाश पारेका थिए । 

यसैबीच, बैंकको ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोट न.पा. वडा नं. १ खलङ्गामा संचालनमा आएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका थिए । सो क्रममा बैंकका अर्का संचालक दीपक कार्की र नायब महाप्रबन्धक सुरेन्द्रभूूषण श्रेष्ठको समेत उपस्थिति थियो । 
कार्यक्रममा मुसिकोट शाखाप्रमुख क्रान्ति कुमार सापकोटाले बैंकका सेवाहरुको बारेमा जानकारी गराएका थिए । 

झलारी र मुसिकोट शाखा सहित बैंकले ३८ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग  सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ्ग प्रदान गर्न थालेको छ । 

बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमास अवधिभित्र कुल ३९.६० अर्ब निक्षेप संकलन गरी  ३४.२७ अर्ब कर्जा प्रवाह गरेको छ । यो अवधिमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।