काठमाण्डौ । अमेरिका र उसका सहयोगी राष्ट्रहरुले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएका छन्। यसको फाइदा भारतले लिन सक्छ।
भारतले रुसबाट सस्तोमा कच्चा तेल खरिद गर्ने तयारी गरेको छ। स्रोतका अनुसार भारत यो सम्झौताको निकै नजिक पुगेको छ। यो सम्झौताअन्तर्गत भारतले रुसबाट ३५ लाख ब्यारेल कच्चा तेल खरिद गर्नेछ। जसको असर देशमा पेट्रोल र डिजेलको मूल्यमा पनि पर्न सक्छ।
यो सम्झौताअनुसार भारतलाई कच्चा तेल आपूर्तिमा ढुवानी र बीमाको जिम्मेवारी रुसको हुनेछ। रुसबाट कच्चा तेल किन्न भारतीय रिफाइनिङ कम्पनीहरुका लागि ठूलो बाधा बनेको छ। यदि यो सम्झौता भयो भने यसले भारतको पुरानो मित्र रुससँग व्यापारको ढोका खुला रहने संकेत गर्नेछ।
युक्रेनमाथि आक्रमण गरेपछि रुस एक्लो भएको छ। अमेरिका र उसका सहयोगी राष्ट्रहरुले रुसमाथि धेरै प्रतिबन्ध लगाएका छन्।
रुसबाट सस्तो तेल ल्याउँदा भारतमा पेट्रोल र डिजेलको मूल्य घटाउन पनि मद्दत पुग्छ। तर, अहिले रुसबाट कच्चा तेल आयातका लागि जति कच्चा तेलको माग भइरहेको छ, त्यसको परिमाण त्यति धेरै छैन। यो भारतमा एक दिनको खपतको नजिक छ। देशमा दैनिक ४५ लाख ब्यारेल तेल खपत हुन्छ। यो सम्झौता भएमा केही महिनामा रुसबाट कच्चा तेल भारत पुग्ने स्रोत बताउँछ। यद्यपिरुसबाट कस्तो कच्चा तेल ल्याउने र कुन बन्दरगाहमा पुग्ने भन्ने भने स्रोतले खुलाएन।
भारतका पेट्रोलियममन्त्री हरदीप सिंह पुरीले राज्यसभामा रुसले भारतलाई सस्तो कच्चा तेलको प्रस्ताव गरेको र भारतले त्यसमा विचार गरिरहेको बताए। तर, यो कसरी तिर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन। भारत सरकारले यसतर्फ काम गर्न बाँकी नै छ।
भारत सरकारले यो सम्झौता रुपैयाँ–रुबलमा गर्ने विचार गरिरहेको छ। पश्चिमी देशहरुमा शाखा नभएका भारतीय बैंकहरुमार्फत भुक्तानी गर्न सकिने देखिएको छ। यसका साथै केही अन्य विकल्प पनि विचार गरिँदैछ। टाइम्स अफ इन्डियाका अनुसार यस सम्बन्धमा अन्तिम निर्णय आगामी केही दिनमा हुन सक्नेछ।
भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशत तेल आयात गर्छ। भारतले अप्रिल २०२१ र जनवरी २०२२ बीच ३६ लाख टन तेल आयात गरेको छ, जुन यसको कुल आयातको दुई प्रतिशत हो। यस अवधिमा भारतको कुल आयात १७ करोड ६० लाख टन रहेको छ।
रुसबाट तेल आयात गर्दा ढुवानी सबैभन्दा ठूलो समस्या हो। युराल र सोकोल रुसबाट निर्यात हुने मुख्य कच्चा तेल हुन्। युराल तेल नोभोरोसियस्कको कालो सागर बन्दरगाहबाट निर्यात गरिन्छ। यो लामो समुद्री मार्ग हो। जसले लागत थप्छ। युक्रेनमा चलिरहेको लडाइँले बीमा र युद्ध जोखिम प्रिमियमको लागत बढाएको छ।
भारतमा पेट्रोल र डिजेलको मूल्यमा अन्तिम परिवर्तन दीपावलीको दिन भएको थियो। त्यसबेला अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरको नजिक थियो। रुस–युक्रेन युद्धका कारण हालै यो १३९ डलरसम्म पुगेको थियो। जसका कारण भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्ने सम्भावना रहेको छ।
अहिले फेरि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरमा झरेको छ। अब रुसबाट कच्चा तेलको आयातले भारतमा पेट्रोल र डिजेलको मूल्य घट्न सक्ने देखिएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago