काठमाण्डौ । इलेक्ट्रिक कार उत्पादक कम्पनी टेस्लाका संस्थापक एलन मस्कले विश्वभर तेल र ग्यासको उत्पादनमा तत्काल वृद्धि गर्न सल्लाह दिएका छन्।

मस्कले ट्विटरमा भनेका छन्, ‘मलाई यो भन्न मन लाग्दैन तर हामीले तुरुन्तै तेल र ग्यास उत्पादन बढाउनुपर्छ। किनकि असाधारण समयले असाधारण उपायहरुको माग गर्दछ।’

रुसी कच्चा तेलको विकल्प छैन

मस्कले यदि रुस–युक्रेन युद्धको बीचमा विश्वले तेल र ग्यास उत्पादन बढाएमा टेस्लालाई नै नोक्सानी हुने पनि बताएका छन्। ‘तर, त्यो दिगो ऊर्जा रुसी तेल र ग्यास निर्यातका लागि तत्काल विकल्प साबित नहुन सक्छ’, उनले भनेका छन्।

रुसी तेलमा प्रतिबन्धका विचार

एक दिनअघि अमेरिकाले रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने विचार गरिरहेको खबर आएको थियो। अमेरिकी सिनेटर जो मन्चिनले रुसी कच्चा तेल, पेट्रोलियम, पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्यास र कोइलाको आयातमा प्रतिबन्ध लगाउने विधेयकको प्रस्ताव गरेका छन्।

रुसी तेल किन आवश्यक छ ?

विश्व बजारमा तेलको १० प्रतिशत हिस्सा रुसबाट मात्रै आउँछ । रुस विश्वको दोस्रो ठूलो तेल उत्पादक देश हो। रुसले दिनमा एक करोड ब्यारेल उत्पादन गर्छ। जसको ५० प्रतिशत अन्य देशलाई आपूर्ति गर्छ। रुसले यो आपूर्तिको ५० प्रतिशत युरोपलाई मात्र दिन्छ। जसका कारण युरोपको चिन्ता पनि बढेको छ। यही कारणले गर्दा सबै प्रतिबन्धका बाबजुद पनि युरोपले तेलको विषयमा प्रत्यक्ष रुपमा कुनै निर्णय लिइरहेको छैन। –एजेन्सी