काठमाण्डौ। रुसविरुद्ध पश्चिमी देशहरुको कडा प्रतिबन्धको प्रभाव देखिन थालेको छ। रुसी मुद्रा रुबल अमेरिकी मुद्रा डलरको तुलनामा करिब ३० प्रतिशतले कमजोर बनेको छ। 

युक्रेनमा भएको आक्रमणलाई लिएर पश्चिमा राष्ट्रहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन्। रुसमाथिको प्रतिबन्धकै कारण युरो एक प्रतिशतले घटेको छ भने तेलको मूल्य आकासिएको छ। 

केही दियनता रुसस्थित बैंकहरुमा पैसा निकाल्न मानिसको लामो लाइन नै लाग्न थालेको छ। बैंकका कार्डहरुले काम गर्न छोड्ने वा नगद निकाल्ने सीमा तय हुने डर उनीहरुमा रहेको देखिन्छ।

युरोपमा रुसको स्वामित्वमा रहेका बैंकहरुले काम गर्न छाडेका छन्। रुसको केन्द्रीय बैंकमाथिको प्रतिबन्धका कारण यसले करिब ६३० अर्ब डलरको विदेशी मुद्रा सञ्चिती प्रयोग गर्न पाउने भएकोले यसको प्रत्यक्ष असर रुबलमा देखिएको हो। रुसको मुद्रा रुबल कमजोर भएका कारण मुद्रास्फीति पनि तीव्र गतिमा बढ्ने देखिएको छ। 

यस्तो अवस्थामा केन्द्रीय बैंकसँग धेरै कम विकल्प हुनेछन्। यसमा ब्याजदर वृद्धि र देशबाहिर मुद्रा स्थानान्तरण सीमित समावेश छ। – एजेन्सी