 
                     
                                
                             
                                    काठमाण्डौ । रुसले युरोप जाने महत्वपूर्ण ग्यास पाइपलाइन ‘नोर्ड स्ट्रिम १’ लाई पाइपलाइन मर्मतका कारण देखाउँदै पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ।
यो परियोजनाको सञ्चालक रुसी कम्पनी ‘गाजप्रोम’ले नर्ड स्ट्रिम १ पाइपलाइनबाट ग्यास आपूर्ति तीन दिनका लागि बन्द गरिने जनाएको छ।
रुसले यो पाइपलाइनबाट युरोपमा २० प्रतिशतमात्रै ग्यास आपूर्ति गरिरहेको छ। रुसले दोषपूर्ण उपकरणलाई कारण दिएको छ।
रुसले युक्रेनमा हमला गरेपछि लगाइएको प्रतिबन्धको जबाफ दिन यो कदम चालेको आरोपलाई पनि अस्वीकार गरेको छ।
नर्ड स्ट्रिम १ पाइपलाइन १२०० किलोमिटर लामो पाइपलाइन हो। जुन पश्चिमी रुसको सेन्ट पिटर्सबर्गबाट बाल्टिक सागरको तलबाट उत्तरपूर्वी जर्मनीसम्म जान्छ।
अहिलेसम्म रुसबाट जर्मनीमा युक्रेन हुँदै नोर्ड स्ट्रिम १ पाइपलाइनमार्फत ग्यास पठाइन्छ। यो २०११ मा खोलिएको थियो। गत जुलाईमा पनि मर्मतका कारण १० दिनका लागि बन्द गरिएको थियो।
युरोपेली नेताहरुलाई डर कि रुसले ग्यासको मूल्य बढाउन थप आपूर्ति अवरोध सिर्जना गर्न सक्छ। ग्यासको मूल्य भने ४०० प्रतिशतले बढेको छ। यस्तो अवस्थामा युरोपमा जाडोमा बस्न निकै कठिन हुने अनुमान गरिएको छ।
अर्को पाइपलाइन ‘नोर्ड स्ट्रिम २’ बिछ्याउने काम गत वर्षको सेप्टेम्बरमा सम्पन्न भएको थियो। यसको लम्बाइ पनि लगभग १२०० किलोमिटर छ।
यो परियोजना सुरु भएपछि रुसबाट जर्मनी जाने प्राकृतिक ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखिएको छ। यो पाइपलाइनले जर्मनीलाई हरेक वर्ष ५५ अर्ब घनमिटर ग्यास आपूर्ति गर्नुपर्ने थियो। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19