काठमाण्डौ । रुससँग युद्ध लड्न युक्रेनले हातहतियार खरिद गर्नका लागि बोन्ड जारी गर्ने भएको छ।
युक्रेनको बोन्डको मूल्यमा गिरावट आएकै बेला फेरि बोन्ड जारी गर्ने घोषणा गरिएको हो। रुसको आक्रमणको प्रतिकारका लागि जारी गर्ने लागिएको बोन्डले वर्तमान ऋणलाई प्रभाव नपार्ने भन्दै युक्रेनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पारेको छ। यद्यपि लगानीकर्ताहरु रुसको आक्रमणले युक्रेनलाई खराब कर्जातर्फ धकेल्नेमा चिन्तित छन्।
युक्रेनको वित्त मन्त्रालयले रुसको आक्रमणको सामना गर्न सम्पूर्ण नगारिक, व्यापारी र वैदेशिक लगानीकर्तालाई मिलिटेरी गभरमेन्ट बोन्डमा लगानी गर्न आह्वान गर्दै ट्विट गरेको छ। वित्त मन्त्रालयले प्रतिबोन्ड ३३.२७ अमेरिकी डलर मूल्य भएको एकवर्षे अवधिको बोन्ड जारी गर्ने र यसको ब्याज लिलामीका बेला निर्धारण गरिने जनाएको छ।
अमेरिकी डलरको तुलनामा युक्रेनी मुद्रा ३० प्रतिशतले अवमूल्यन भएको छ। जसका कारण युक्रेनको अन्तर्राष्ट्रिय बोन्ड नराम्ररी प्रभावित भएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19