काठमाण्डौ । रुसले आफूले निर्यात गर्ने तेलको खरिदकर्ता खोजिरहेका बेला एसिया रुसी तेलको वैकल्पिक बजार बन्न सक्ने भएको छ। एस एन्ड पी ग्लोबलका उपाध्यक्ष ड्यान यर्रजिनले यस्तो बताएका हुन्।
गत फेबु्रअरी महिनाको अन्त्यतिर रुसले युक्रेनमा आक्रमण गरेसँगै एसियाको प्रमुख तेल आयातकर्ता भारत र चीनले तेलको बढ्दो मूल्यको दबाबको सामना गरिरहेका छन्। रुसको सस्तो तेलले चीन र भारतलाई आकर्षित गर्नुका अलावा बेइजिङ र नयाँ दिल्लीको मस्कोसँग नजिकको सम्बन्ध रहेको छ।
ड्यान यर्रजिन भन्छन्, ‘एसिया युरोपमा बिक्री हुने रुसी तेलको बैकल्पिक बजार हुनसक्ने देखिएको छ। प्रतिबन्धहरुका कारण पश्चिमा देशहरुले रुसी तेलमा बन्देज लगाएका छन्। बैंकहरुले प्रतितपत्र प्रदान गरिरहेका छैनन्। बन्दरगाहमा मानिसहरु रुसी तेल लिन अस्वीकार गरिरहेका छन्।’
युक्रेनमाथि गरेको आक्रमणको सजायस्वरुप पश्चिमा देशहरुले रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाएका छन्। बेलायतले समेत रुसी तेलमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।
प्रतिबन्धहरुका कारण रुसलाई बढी भएको कच्चा तेल बिक्री गर्न कठिनाइ भइरहेको छ। युद्ध जारी रहँदा यो अवस्था अझै बिग्रने विश्लेषकहरुले बताएका छन्।
ओपेक प्लसको सदस्य राष्ट्रका रुपमा रहेको रुस विश्व बजारमा तेल निर्यात गर्ने विश्वको शीर्ष देश हो। त्यस्तै साउदी अरबपछि कच्चा तेल निर्यात गर्ने रुस विश्वको दोस्रो ठूलो देश हो।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का अनुसार यो महिनाको सुरुआततिर रुसले भारी सहुलियतमा कच्चा तेल बिक्री गरेको थियो। विश्लेषकहरुका अनुसार केही कमोडिटी ट्रेडिङ फर्महरुले प्रतिब्यारेल ३० देखि २५ डलरसम्म सहुलियन दिएका छन्।
यसको ठिकविपरीत अन्य देशहरुको ऊर्जा निर्यातको मूल्य एक दशककै उच्च बिन्दुमा पुगेको छ। अहिले विश्व बजारमा तेलको मूल्य एक वर्षअघिको तुलनामा ८० प्रतिशत बढी छ। रुस–युक्रेन युद्धका कारण तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ।
रुसी तेलप्रति भारतको भोक
परम्परागत रुपमा भारतले इराक, साउदी अरब, यूएई र नाइजेरियाबाट कच्चा तेल आयात गर्ने गर्छ। तर, अहिले यी सबै देशहरुले तेलको मूल्य वृद्धिभएसँगै उच्च मूल्य निर्धारण गरिरहेका छन्।
तेल उद्योगलाई नजिकबाट नियालिरहेका विश्लेषकहरुका अनुसार मार्च महिनादेखि भारतले रुसी तेलको आयात बढाएको छ। यसका साथै नयाँ दिल्लीले मस्कोबाट सस्तो अझै तेल खरिद गर्ने तयारी गरिहेको छ। भारतले देशमा खपत हुने कुल तेलको करिब ८५ प्रतिशत विदेशबाट आयात गर्ने गर्छ।
ठूलो परिणाममा विदेशबाट तेल आयत गर्ने भएकाले विश्व बजारमा भएको मूलयवृद्धिले भारत निकै प्रभावित बनेको छ। यसको समाधानस्वरुप भारत रुसको सस्तो तेलतर्फ आकर्षित भएको विश्लेषकहरुले बताएका छन्। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago