काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ३०० रुपैयाँमा झरेको छ।
हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च पनि हो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19