काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।
गत बिहीबार (फागुन २१ गते) सुनको भाउ हालसम्मकै उच्च भाउमा कारोबार भएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँमा किनबेच भएको थियो। यो दिन सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत बिहीबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19