काठमाण्डौ । गत साता अमेरिकाको सिकागोमा भएको लिलामीमा १२५ वर्ष पुरानो चाँदीको सिक्का १५.५ करोड रुपैयाँमा बिक्री भएको छ ।

उक्त सिक्का अमेरिकाका व्यापारी डेल लयले खरिद गरेका छन् । उनी रियल साल्ट लेकका मालिक हुन् ।

यो सन् १८९४ मा निर्मित एउटा दुर्लभ सिक्का हो । यो सिक्का नाम बार्बर डाइम हो । त्यतिखेर यस्ता खाले सिक्का २४ वटामात्र बनाइएका थिए ।

यो सिक्काको पहिचान सन् १८९४ जुन ९ मा अमेरिकाको सनफ्रेन्सिस्कोमा मिन्टमा भएको थियो । सिक्को डिजाइन चाल्र्स ई बार्बरले गरेका थिए । चाल्र्सले यसका अलावा पनि अमेरिकामा प्रचालित भएका थुप्रै सिक्का बनाएका थिए ।

हाल विश्वमा यस्ता ९ वटा सिक्कामात्र बाँकी रहेको जानकारी छ । यो सिक्का उबेला स्पोर्टस् टिमका मालिकका शान र शौकको विषय हुने गरेको थियो । जुन पहिले अमेरिकाका बेसबल टिम लस एन्जलिस लेकर्सका मालिक जेरी बससँग थियो । सन् १९८८ मा उनले यो सिक्का लिलाम गरिदिएका थिए ।

सन् २०१६ मा यस्तै अर्को एउटा सिक्का लिलामी भएको थियो । त्यतिबेला त्यो सिक्का २२.४ करोड रुपैयाँमा बिक्री भएको थियो । – एजेन्सी