काठमाण्डौ । सुनको भाउ आज मंगलबार पुनः बढ्दै तोलाकै १ लाख रुपैयाँनजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ३६५ रुपैयाँ कायम भएको छ। यो भाउ हालसम्मकै उच्च पनि हो।
हिजो सोमबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ नै कायम भएको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ पुगेको थियो।
आज मंगलबार चाँदीको स्थिर रहँदै प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार २३० रुपैयाँ नै कायम भएको थियो। चाँदीको भाउ आइतबार भने ३० रुपैयाँले बढ्दै १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19