काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।