काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19