काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार भने सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।