काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19