काठमाण्डौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आचाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19