काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ। 

हिजो पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।