काठमाण्डौ । अब २५ लाख रुपैयाँ बढीको कर्जा लिने व्यक्तिका हकमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी लेखा नम्बर लिएको हुनुपर्नेछ। 

यसका साथै एकीकृत निर्देशनअनुसार ऋणी एउटै समूहअन्तर्गत पर्ने भएमा त्यस्तो समूहले रु. २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूहअन्तर्गतको कुनै व्यक्तिलाई रु. २५ लाखभन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ।

यसअघि ५० लाख रुपैयाँ वा सोभन्दा बढी कर्जा लिने व्यक्तिका हकमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने व्यवस्था गरिएको थियो।