काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ लगातार तेस्रो दिन मंगलबार पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19