काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।