काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19