काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ५०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको हो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।