काठमाण्डौ । सुनको भाउ बिहीबार पनि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19