काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19