काठमाण्डौ । लगातार दुई दिन बढेको सुनको भाउ मंगलबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो भने आइतबार ६०० रुपैयाँले उकालो लागेको हो। सोमबार प्रतितोला फाइन गोल्ड ९८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19