काठमाण्डौ । नेपाली बजार बिहीबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।