काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19