काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।