काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा झरेको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँमा किनबेच भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।