काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा १ रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।