काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ शुक्रबार भने ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19